काठामडौं- नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले आफ्नो नयाँ Ather Experience Center वीरगञ्जमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ ।
यससँगै अर्थरले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको छ ।
वीरगञ्जको आदर्शनगरस्थित नयाँ Experience Center १८ जुन २०२६ देखि गेटवे मोटर्स प्रा. लि. को व्यवस्थापनमा सञ्चालनमा आएको हो । यस नयाँ केन्द्रले मधेश प्रदेशका ग्राहकहरूलाई एथरका आधुनिक, प्रविधिमैत्री तथा उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक स्कुटरहरू अझ सहज रूपमा उपलब्ध गराउनेछ ।
वीरगञ्जमा नयाँ केन्द्र सञ्चालनमा आएपछि एथर नेपालको देशभरका एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ । यसमा काठमाडौं उपत्यकाका ५ केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्ज रहेका छन् ।

ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न एथर नेपालले देशभर आफ्नो १० अधिकृत सर्भिस सेन्टरहरूको सञ्जाल पनि विस्तार गर्दै आएको छ । यसले एथर प्रयोगकर्ताहरूलाई सहज, भरपर्दो र सन्तोषजनक स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
एथरले आफ्ना ग्राहकहरूलाई उद्योगकै उत्कृष्ट सुविधामध्ये एक मानिने ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी प्रदान गर्दै आएको छ, जसले दीर्घकालीन विश्वसनीयता र आत्मविश्वास सुनिश्चित गर्दछ ।
नयाँ वीरगञ्ज एक्सपिरियन्स सेन्टरमा एथरको सम्पूर्ण स्कुटर दायरा उपलब्ध हुनेछ, जसमा प्रदर्शन केन्द्रित एथर ४५० सिरिज तथा परिवारमैत्री एथर रिज्टा समावेश छन् ।
एथर ४५० सिरिज
एथर ४५० सिरिज ती ग्राहकहरूका लागि डिजाइन गरिएको हो, जो उत्कृष्ट प्रदर्शन, स्मार्ट प्रविधि र रोमाञ्चक राइडिङ अनुभव खोजिरहेका छन् । यसमा Google Maps आधारित नेभिगेसन, AutoHold, Fall Safe, Reverse Mode, विभिन्न Ride Modes तथा Responsive Touchscreen Dashboard जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्, जसले प्रिमियम इलेक्ट्रिक स्कुटरको नयाँ मापदण्ड स्थापित गरेको छ ।
प्रतिक्रिया