जिलीको ‘महा फुटबल फेस्ट’ सुरु, पेनाल्टी गोल हानेर लाखौं रुपैयाँ छुट पाउने अवसर

शुक्रबार, ०५ असार २०८३, १२ : ३३

काठमाडौं- नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा विश्वकप २०२६ को उत्साह र रोमाञ्चबाट प्रेरित ग्राहकमुखी अभियान ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ को शुभारम्भ गरेको छ। काठमाडौंको गैरीधारास्थित जिली शोरुममा आजदेखि सुरु भई असार ९ गते (जुन २३) सम्म सञ्चालन हुने यस विशेष प्रवर्द्धनात्मक अभियानअन्तर्गत ग्राहकहरूले रोमाञ्चक खेलसँगै गाडी खरिदमा ठूलो बचत गर्ने अवसर पाउनेछन्।

यस अभियानको मुख्य आकर्षणको रूपमा शोरुम परिसरमा विशेष फुटबल मैदानको व्यवस्था गरिएको छ, जहाँ विद्युतीय सवारी खरिद गर्न इच्छुक ग्राहकहरूले पेनाल्टी सुटआउटमा सहभागी हुन सक्नेछन्। जिली तथा BAW का बिक्री प्रतिनिधिहरूमध्ये एक जनाले गोलकिपरको भूमिका निर्वाह गर्ने यस खेलमा ग्राहकले गरेको प्रत्येक सफल गोलबापत आकर्षक नगद छुट प्राप्त हुनेछ। जसअन्तर्गत जिली EX5 खरिद गर्ने ग्राहकहरूले गरेको प्रत्येक गोलबापत रु. १ लाख तत्काल नगद छुट प्राप्त गर्नेछन् भने BAW E7 Pro खरिद गर्ने ग्राहकहरूले प्रत्येक गोलबापत रु. २५ हजार नगद छुट प्राप्त गर्न सक्नेछन्।

आकर्षक नगद छुटका अतिरिक्त यो अवधिमा सवारी खरिद गर्ने ग्राहकहरूले एक वर्षको अटो प्लस बीमा, एक वर्षको वार्षिक सवारी कर, तथा निःशुल्क २-इन-१ एडाप्टेबल चार्जर समेत प्राप्त गर्नेछन्। शोरुम आउने ग्राहकहरूलाई थप रोचक अनुभव प्रदान गर्न कम्पनीले भेहिकल-टु-लोड (V2L) कफी अनुभव, प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर, तथा सहज भ्रमणका लागि पर्याप्त पार्किङ सुविधा समेत उपलब्ध गराएको छ। यसका साथै, ग्राहकहरूले सुपर एक्सचेन्ज क्याम्प अन्तर्गत आकर्षक एक्सचेन्ज लाभ, सवारी मूल्याङ्कन सेवा तथा विशेष अफरहरूको समेत लाभ लिन सक्नेछन्।

अभियानको शुभारम्भ गर्दै एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले फुटबलको उत्साह, जोश र उपलब्धिको भावनालाई ग्राहकको सवारी खरिद यात्रामा जोड्न यस अभियानको सुरुवात गरिएको बताए । उनले यस अभियानले ग्राहकहरूलाई रमाइलो गर्ने, आफ्नै क्षमता परीक्षण गर्ने तथा प्रिमियम जिली EX5 वा व्यवहारिक BAW E7 Pro को खरिदमा उल्लेखनीय बचत हासिल गर्ने अनौठो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उन्नत प्रविधि, प्रिमियम आराम, बुद्धिमान सुरक्षा प्रणाली तथा उत्कृष्ट ड्राइभिङ रेन्जका कारण जिली EX5 ले नेपालको विद्युतीय एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ भने निकट भविष्यमा नेपाली बजारमा सार्वजनिक हुन लागेको BAW E7 Pro व्यवहारिक, किफायती तथा वातावरणमैत्री यातायात समाधान खोजिरहेका ग्राहकहरूका लागि आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ। एलआरआर मोटर्सले सम्पूर्ण ग्राहक, फुटबलप्रेमी तथा विद्युतीय सवारी खरिदमा रुचि राख्ने व्यक्तिहरूलाई गैरीधारास्थित शोरुममा उपस्थित भई यस रोमाञ्चक कार्यक्रमको लाभ उठाउन हार्दिक निमन्त्रणा गरेको छ।

शुक्रबार, ०५ असार २०८३, १२ : ३३

प्रतिक्रिया