काठमाडौं- बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४५८ जना सवारीचालक ट्राफिक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा १९ लाख ६० हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १५५ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ८७ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १२४ जना तथा तीव्र गतिमा सवारी चलाउने १५७ जनामाथि कारबाही गरिएको छ।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ८० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०८ जना, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ९८ जना, सवारीसाधनको अवस्था परीक्षण नगरी सडकमा चलाउने २२ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ६२७ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा र सवारी अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
प्रतिक्रिया