कामना सेवा विकास बैंकको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, विद्यमान संस्थापकले मात्रै आवेदन दिन पाउने

विहीबार, १८ असार २०८३, १२ : १५

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले उक्त सेयर मंगलबारदेखि बिक्रीका लागि खुला गरेको हो।

बैंकका अनुसार बिक्रीमा राखिएको संस्थापक सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

इच्छुक सेयरधनीहरूले खरिद गर्न चाहेको सेयर संख्यासहित आवश्यक विवरण उल्लेख गरी बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा बैंकले प्रचलित कानुन तथा नियमअनुसार बिक्री प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ।

विहीबार, १८ असार २०८३, १२ : १५

प्रतिक्रिया