नेपालमा विदेशी पर्यटक आगमन बढ्यो, ६ महिनामै ६ लाख २० हजारभन्दा बढी भित्रिए

शनिबार, २० असार २०८३, १४ : ०१

काठमाडौं- नेपालमा विदेशी पर्यटकको आगमन बढ्दो क्रममा देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को पहिलो ६ महिनामा ६ लाख २० हजार ४५३ विदेशी पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो।

बोर्डका तथ्यांकअनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका थिए। यस वर्ष सोही अवधिमा पर्यटक आगमन करिब ४२ हजार ७६४ ले बढेको हो।

नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय हवाई उडान विस्तार, पर्यटन प्रवर्द्धन तथा नेपालप्रतिको आकर्षण बढ्दै जानुलाई पर्यटक आगमन वृद्धिको प्रमुख कारण मानेको छ।

बोर्डका अनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा १ लाख ५ हजार ४४१, मार्चमा १ लाख २० हजार ५१६, अप्रिलमा १ लाख ७ हजार ९३४, मेमा १ लाख २ हजार ६२६ र जुनमा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएका छन्।

शनिबार, २० असार २०८३, १४ : ०१

प्रतिक्रिया