पाँच पटकको विजेता ब्राजिल नर्वेसँग पराजित

सोमबार, २२ असार २०८३, १३ : ०५

काठमाडौं - संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा फिफा विश्वकप २०२६ आयोजना गरेका छन्।

जीएमटीअनुसार आइतवार बेलुकी भएको खेलमा नर्वेले ब्राजिललाई २-१ ले पराजित गरेको छ। पाँच पटकको उपाधि विजेता ब्रजिल प्रतियोगिताबाट बाहिरिएको छ भने इतिहासमा पहिलो पटक नर्वे क्वाटरफाइनलमा पुगेको छ।

नर्वेका स्टार स्ट्राइकर एर्लिङ होलानले दोस्रो हाफमा दुई गोल गरेका थिए। खेलको अन्तिमतिर ब्राजिलका नेमारले पेनाल्टीमार्फत् एक गोल फर्काएका थिए।

प्रतिकूल मौसमका कारण करिब १ घण्टा ढिलो गरि सुरु भएको इङ्ग्ल्यान्ड र मेक्सिकोबीचको खेलमा इङ्ग्ल्यान्ड ३-२ ले विजयी भएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक/एक पेनाल्टी पाएका थिए। इङ्ग्ल्यान्डका कोन्साले रातो कार्ड पाएका थिए।

इङ्ग्ल्यान्डका तर्फबाट जुड बेलिङ्गमले दुई गोल हानेका थिए भने तेस्रो गोल पेनाल्टीमार्फत् ह्यारी केनले हानेका थिए।
 

सोमबार, २२ असार २०८३, १३ : ०५

प्रतिक्रिया