मुक्तिनाथ विकास बैंकको सहयोगमा ५ हजार विद्यार्थीलाई दिवा भोजन

बुधबार, २४ असार २०८३, १४ : ५१

काठमाडौं- मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मिड–डे मिल (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालन गर्न लागिएकाे यस कार्यक्रमअन्तर्गत आयोजक सामाजिक संंस्थाले केन्द्रीकृत भान्सा प्रणालीमार्फत धनगढीस्थित सरकारी विद्यालयहरूमा अध्ययनरत पाँच हजार विद्यार्थीलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउनेछ ।

विशेष गरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति अभिवृद्धि तथा शिक्षामा निरन्तरताका लागि यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा समेत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजको दिगो विकासमा योगदान पुर्‍याउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

बुधबार, २४ असार २०८३, १४ : ५१

प्रतिक्रिया