कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ बीच रणनीतिक साझेदारी

बुधबार, २४ असार २०८३, १६ : २३

काठमाडौं- कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ ।

जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थिति रूपान्तरण अभियान अन्तर्गत यो साझेदारी भएको हो ।

उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ तर्फबाट एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरे । दिगो बैंकिङ्गका लागि दुई चरणको खाकामा हरित बैंकिङ अभ्यासलाई संस्थागत र विस्तार गर्न यो साझेदारीलाई दुई क्रमिक चरणमा विभाजन गरिएको छ ।

यो सम्झौता कुमारी बैंकका लागि दिगो बैंकिङ अभ्यासको परिपक्वतातर्फ एउटा निर्णायक कदम भएको बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले बताए ।

सम्झौता अनुसार डच स्पार्कासेनस्टिफ्टुङले आफ्ना स्वामित्वमा रहेका विशेष प्राविधिक पद्धति (ईएसजी रिस्क राडर र सस्टेनेबल फाइनान्स कम्पास आदि) उपलब्ध गराई प्राविधिक सहयोग पुर्‍याउनेछ । यसका साथै, ग्रामीण क्षेत्र र साना तथा मझौला उद्योगको सवलीकरण तथा हरित उद्यम क्षमता अभिवृद्धि गर्न डिस्क बिजनेस गेम पनि सञ्चालन हुनेछ ।

बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजाने जनाएको छ ।

बुधबार, २४ असार २०८३, १६ : २३

प्रतिक्रिया