२४ घण्टामा २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा, १८ लाखभन्दा बढी राजस्व संकलन

विहीबार, २५ असार २०८३, ०९ : ५५

काठमाडौं- बितेका २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा २ हजार ६६ जना सवारी चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट १८ लाख ६० हजार ३० रुपैयाँ राजस्व संकलन भएको छ।

कारबाहीमा मादकपदार्थ सेवन गर्ने ६५, नियमविपरीत राइड सेयरिङ गर्ने १२२, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १२०, तीव्र गतिमा सवारी चलाउने ११४ तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १ हजार २३७ जना चालक परेका छन्।

विहीबार, २५ असार २०८३, ०९ : ५५

प्रतिक्रिया