काठमाडौं- व्यवसायसँग भइरहेकै बायोमेट्रिक हाजिरी यन्त्रलाई सिधै तलब प्रणालीसँग जोड्ने दाबीसहित नेपाली HR तथा पेरोल सफ्टवेयर नेपाल HRM आधिकारिक रूपमा सार्वजनिक भएको छ । नयाँ हार्डवेयरमा लगानी नगरी हाजिरीदेखि तलबसम्म स्वचालन गर्ने यो प्रणाली १० जनासम्म कर्मचारी भएका व्यवसायका लागि पूरै निःशुल्क रहेको कम्पनीले जनाएको छ ।
नयाँ लगानी बिनै स्वचालन
कम्पनीका अनुसार, नेपाल HRM ले ZKTeco, Anviz, Realand, Hikvision लगायत प्रचलित बायोमेट्रिक यन्त्र तथा अधिकांश push/pull-compatible डिभाइसलाई support गर्छ। यसले व्यवसायले भइरहेकै यन्त्र प्रयोग गर्दै हाजिरीको डाटा सिधै प्रणालीमा ल्याउन सक्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार, हाजिरीको डाटा स्वतः बिदा र तलब गणनासँग जोडिने भएकाले manual entry र spreadsheet मिलाउने झन्झट हट्छ, र महिनान्तको payroll मा हुने गल्ती घट्छ।
'धेरै कम्पनीसँग पहिल्यै बायोमेट्रिक मेसिन छ, तर त्यसको डाटा Excel मा सारेर तलब बनाउनुपर्छ,' नेपालHRM का सह-संस्थापक राजेन्द्र रेग्मी भन्छन्,'हामीले भइरहेकै मेसिनलाई सिधै payroll सँग जोड्यौँ, ताकि व्यवसायले नयाँ हार्डवेयर किन्नु नपरोस् र डाटा आफैँ बगोस्।'
नेपालHRM कम्पनीका अनुसार, तलब गणनामा PF, CIT, SSF, eTDS पहिल्यै मिलाइएका र दर फेरिँदा प्रणाली आफैँ अपडेट हुन्छ। सम्पूर्ण डाटा TLS 1.2+ र AES-256 मा encrypt गरिने, भूमिकाअनुसार पहुँच र दैनिक ब्याकअप हुने कम्पनीको भनाइ छ। कर्मचारीले Android/iOS एपबाट चेक-इन, बिदा र पे-स्लिप पनि गर्न सक्छन्।
साना टिमलाई निःशुल्क, ठूलालाई scalable
कम्पनीका अनुसार, १० जनासम्मका टिमले नेपालHRM बिनाशुल्क प्रयोग गर्न सक्छन् भने ठूला संस्था पनि यही प्रणालीमा विस्तार गर्न सक्छन्। कम्पनीमा केही सजिला चरणमा दर्ता गर्न सकिने र यो स्वीकृति प्रक्रियाका आधारमा हुने कम्पनीले जनाएको छ। अधिकांश कम्पनी २–४ हप्ताभित्रै सञ्चालनमा आउने र अंग्रेजी तथा नेपाली दुवै भाषामा सहयोग उपलब्ध हुने कम्पनीको भनाइ छ। प्रणाली अहिले nepalhrm.com मा उपलब्ध छ।
नेपालHRM बारे
नेपालHRM नेपाली व्यवसायको नियम, भाषा र कार्यशैलीअनुसार बनाइएको HR तथा पेरोल सफ्टवेयर प्लेटफर्म हो। यसले हाजिरी, बिदा, कर्मचारी भर्ना, अनबोर्डिङ र तलब व्यवस्थापन स्वचालित गर्दै नेपालको PF, CIT, SSF र eTDS नियमको पालनामा सघाउँछ।
प्रतिक्रिया