चालु आर्थिक वर्ष २०८२/८३

११ महिनामा फाइनान्स कम्पनीहरूको नाफा ८२ करोड ६७ लाख, ४ संस्था अझै घाटामा

सोमबार, २९ असार २०८३, १४ : १६

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमध्ये १३ वटाले नाफा कमाएका छन् भने ४ वटा कम्पनी अझै घाटामा रहेका छन्। नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको वित्तीय विवरणअनुसार फाइनान्स कम्पनीहरूले सामूहिक रूपमा ८२ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

सबैभन्दा बढी नाफा कमाउने फाइनान्स कम्पनीको सूचीमा मञ्जुश्री फाइनान्स पहिलो स्थानमा रहेको छ। कम्पनीले समीक्षा अवधिमा २८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

त्यसपछि पोखरा फाइनान्सले १५ करोड ५९ लाख रुपैयाँ, आइसीएफसी फाइनान्सले १४ करोड १९ लाख रुपैयाँ, गुडविल फाइनान्सले ८ करोड ९० लाख रुपैयाँ तथा गोर्खाज फाइनान्सले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

त्यस्तै, बेस्ट फाइनान्सले ५ करोड ७९ लाख रुपैयाँ, श्री फाइनान्सले ४ करोड ६९ लाख रुपैयाँ, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ४ करोड ६६ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सले ४ करोड २३ लाख रुपैयाँ, रिलायन्स फाइनान्सले १ करोड ४३ लाख रुपैयाँ, समृद्धि फाइनान्सले १ करोड १४ लाख रुपैयाँ, मल्टिपर्पोज फाइनान्सले १ करोड ९ लाख रुपैयाँ तथा नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सले ९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

घाटामा रहेका कम्पनी :
समीक्षा अवधिमा ४ वटा फाइनान्स कम्पनीले भने घाटा व्यहोरेका छन्। सबैभन्दा बढी घाटामा नेपाल फाइनान्स रहेको छ, जसको खुद घाटा ७ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

त्यसपछि जानकी फाइनान्सले ३ करोड ३० लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सले २ करोड ७० लाख रुपैयाँ तथा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १५ लाख रुपैयाँ घाटा व्यहोरेका छन्।

समग्र रूपमा हेर्दा अधिकांश फाइनान्स कम्पनी नाफामा रहे पनि केही संस्थाको वित्तीय अवस्था अझै सुधार हुन नसकेको तथ्यांकले देखाएको छ।

सोमबार, २९ असार २०८३, १४ : १६

प्रतिक्रिया