काठमाडौं- समस्याग्रस्त सहकारीका १ हजार ७५४ बचतकर्ताले पछिल्ला दुई महिनामा करिब २ करोड ६४ लाख रुपैयाँ बचत फिर्ता पाएका छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका १० सहकारीका बचतकर्तालाई चक्रीय कोषमार्फत रकम फिर्ता गरिएको हो। यस अवधिमा १५४ ऋणीबाट ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी कर्जा असुली गरिएको छ।
सरकारले साना बचतकर्तालाई प्राथमिकता दिँदै रकम फिर्ता गरिरहेको जनाएको छ। तर सहकारीपीडितहरूले बचत फिर्ता प्रक्रिया ढिलो र न्यायोचित नभएको भन्दै असन्तुष्टि जनाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सञ्चालन गर्ने उक्त कोषमा पछि शोधभर्ना हुने गरी सरकारबाट प्राप्त र संस्थाहरूबाट असुली भएको रकम राखिन्छ ।
सोही रकमबाट क्रमिक रूपमा रकम फिर्ता गरिरहेको सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम आचार्यले बताए। उनका अनुसार असार १५ सम्म १ सय ४१ जना बचतकर्ताको १ करोड ७९ लाख ५७ हजार बराबरको बचत मिलान गरिएको छ।
प्रतिक्रिया