कर संकलनमा वृद्धि

आर्थिक वर्ष सकिन एक दिन बाँकी, सरकारको राजस्व संकलन १२ खर्ब २४ अर्ब

विहीबार, ३२ असार २०८३, ११ : ०६

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन बाँकी रहँदा सरकारले १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक १४ खर्ब ८० अर्ब रुपैयाँ लक्ष्यको ८२.७६ प्रतिशत हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन ७.४० प्रतिशत (८४ अर्ब ४४ करोड रुपैयाँ) ले बढेको छ। कुल राजस्वमध्ये ११ खर्ब ५ अर्ब ९२ करोड रुपैयाँ कर राजस्व र १ खर्ब १८ अर्ब ८८ करोड रुपैयाँ गैरकर राजस्व रहेको छ।

यसैबीच, सरकारले लक्ष्यको ५८.५ प्रतिशत अर्थात् ३१ अर्ब २६ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ, जुन गत वर्षको तुलनामा ३४.७५ प्रतिशत बढी हो। आर्थिक वर्षको अन्तिम दिनअघि मात्रै सरकारले २१ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

विहीबार, ३२ असार २०८३, ११ : ०६

प्रतिक्रिया