काठमाडौं- नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको छ।
राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १३(६) बमोजिम कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको हो। उक्त कम्पनीले २०७७ फागुन १८ गते भुक्तानी सेवा सञ्चालनको अनुमति प्राप्त गरेको थियो।
राष्ट्र बैंकले कम्पनीले जारी गरेका भुक्तानी उपकरण प्रयोग गर्ने ग्राहकहरूको कुनै लेनदेन बाँकी भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रतिक्रिया