सरकारको नीतिअनुसार मल बिक्री वितरण भइरहेको साल्ट ट्रेडिङको दाबी

विहीबार, ३२ असार २०८३, १३ : ०७

काठमाडौं - खेतीको समसयमा मलको हाहाकार भैरहँदा चितवनस्थित साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले सरकारको नीति अनुसार नै मल वितरण भएको जनाएको छ । आर्थिक वर्ष २०८२र८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३ बोरा पोटास मल बिक्री वितरण गरिसकेको छ।

हाल कार्यालयबाट नौ हजार २०० बोरा युरिया र एक हजार बोरा डीएपी बिक्री भइरहेको छ। थप बिक्रीका लागि कार्यालयमा सात हजार ८०२ बोरा युरिया, दुई हजार ८६६ बोरा डीएपी र १२ हजार ४२५ बोरा पोटास मौज्दात रहेको कार्यालयले जनाएको छ।

हाल ५० केजी युरियाको मूल्य रु ८४७, डीएपीको रु दुई हजार २९७ र पोटासको रु एक हजार ६९७ कायम रहेको छ।

जिल्लाका सूचीकृत बिक्रेतामार्फत सरकारले तोकेको अनुदानित मूल्यमा रासायनिक मल बिक्री वितरण भइरहेको शाखा कार्यालय प्रमुख बुद्धि विनोद दाहालले जानकारी दिए।

विहीबार, ३२ असार २०८३, १३ : ०७

प्रतिक्रिया