माछापुच्छ्रे बैंकद्वारा दुई कर्मचारीको बढुवा, अर्याल सिनियर डीसीईओ र जमरकटेल डीसीईओमा नियुक्त

मंगलबार, ०५ साउन २०८३, १० : ३५

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन तहलाई थप सुदृढ बनाउँदै दुई उच्च पदस्थ कर्मचारीलाई बढुवा गरेको छ। 

बैंकको सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो।

अधिकारीहरूको व्यावसायिक परिचय र अनुभव

प्रसिद्धराज अर्याल (सिनियर डीसीईओ)

बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको लामो तथा सफल अनुभव सङ्गालेका अर्यालले काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।

कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायत विभिन्न क्षेत्रमा अब्बल कार्यकुशलता प्रदर्शन गरेका अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

सुभाष जमरकटेल (डीसीईओ)

वित्तीय तथा बैंकिङ क्षेत्रका एक अनुभवी चार्टर्ड एकाउन्टेन्ट जमरकटेलले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) गरेका छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुनमा स्नातक तथा थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन्।

बैंकले अर्याल र जमरकटेल दुवैले आ(आफ्नो बैंकिङ यात्रामा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गर्दै सक्षम, अनुभवी र सफल बैंकरका रूपमा नेपाली वित्तीय क्षेत्रमा विशिष्ट पहिचान बनाएको जनाएको छ।

मंगलबार, ०५ साउन २०८३, १० : ३५

प्रतिक्रिया