काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ५६ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी छ। हालसम्म शिव शिखर सहकारीका करिब एक हजार चार सय बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्।
समितिले पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरेको जनाएको छ। आगामी दिनमा पनि बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी चरणबद्ध रूपमा रकम फिर्ता गरिने बताइएको छ।
समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त हुने रकम कानुनी व्यवस्थाअनुसार सम्बन्धित बचतकर्तालाई क्रमशः वितरण गरिने समितिले जनाएको छ।
प्रतिक्रिया