काठमाडौं- एनएमबि बैंक लिमिटेडले सेकेन्ड ह्यान्ड विद्युतीय सवारीसाधन (ईभी) कर्जा सुविधा सुरु गरेको छ।
बैंकले व्यक्तिगत तथा विभिन्न संघसंस्थाका लागि सेकेन्ड ह्यान्ड ईभी खरिद गर्न सहज बनाउने उद्देश्यले यो सुविधा सुरु गरेको हो। यस पहलले नेपालमा चारपांग्रे विद्युतीय सवारीसाधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास बैंकको छ।
सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुने बैंकले जनाएको छ। इच्छुक ग्राहकले देशभर रहेका एनएमबि बैंकका शाखा वा डिजिटल माध्यममार्फत सजिलैसँग आवेदन दिन सक्नेछन्।
ग्राहकको दैनिकलाई सहज बनाउन र नेपालमा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न सधैँ नयाँ र प्रभावकारी वित्तीय सुविधा ल्याउँदै आइएको बैंकले जनाएको छ। हाल यस बैंकका देशभरमा एक सय ९८ शाखा, एक सय ७६ एटिएम र नौ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया