काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियामकीय निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकमाथि कारबाही गरेको छ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली र निर्देशन पालना नगरेको भन्दै सचेत गराइएको छ।
प्रभु बैंकमाथि भने कर्जा वर्गीकरण, कर्जा नोक्सानी व्यवस्था र नियामकीय निर्देशन पालना नगरेको लगायतका गम्भीर कमजोरी देखिएकाले सञ्चालक समितिलाई सुधार योजना लागू गर्न निर्देशन दिइएको छ।
यस्तै, प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐनअनुसार ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया