काठमाडौं महानगरको कडाइ : सयौं सहकारीमाथि अनुसन्धान र कारबाही

शनिबार, १६ साउन २०८३, १२ : ०८

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका १ हजार ९१२ सहकारी संस्थामध्ये आर्थिक वर्ष २०८२/८३ मा ६६७ वटा मात्रै नवीकरण भएका छन्। महानगरले यसलाई अधिकांश सहकारी निष्क्रिय वा नियमनबाहिर रहेको संकेतका रूपमा व्याख्या गरेको छ।

महानगरका अनुसार १० हजार २३४ बचतकर्ताले ८ अर्ब १९ करोड रुपैयाँभन्दा बढी बचत फिर्ताको माग गर्दै उजुरी दिएका छन्। यससँगै ९१५ सहकारीविरुद्ध कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्राचार गरिएको छ भने १८७ सहकारीलाई थप कारबाहीका लागि सिफारिस गरिएको छ।

गत वर्ष १०३ सहकारीका १ हजार ७१२ ऋणीलाई ऋण तिर्न सहजीकरण गरिएको तथा ५८ सहकारीमा बचतकर्ता र व्यवस्थापनबीचको विवाद समाधानका लागि मेलमिलाप गराइएको महानगरले जनाएको छ। साथै ४० सहकारीको सघन अनुगमन र १६३ संस्थाको सूक्ष्म निरीक्षण गरिएको छ।

शनिबार, १६ साउन २०८३, १२ : ०८

प्रतिक्रिया