करदाता प्रोत्साहन उपहार

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, सक्कल बिल दर्ता गर्न विभागको आग्रह

आइतबार, १७ साउन २०८३, १२ : २८

काठमाडौं- आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आफ्नो सक्कल प्यान तथा भ्याट बिल दर्ता गर्न आग्रह गरेको छ। विभागले शनिबारदेखि ‘प्राइज डट आईआरडी डट जीओभी डट एनपि’ वेबसाइट सञ्चालनमा ल्याउँदै साउन १ गतेयता नगदमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरेका उपभोक्ताले बिल अपलोड गर्न सक्ने जनाएको हो।

विभागका अनुसार बैंक वा वालेटको क्यूआरमार्फत गरिएको भुक्तानी भने स्वतः प्रणालीमा समावेश हुने भएकाले हाल बिल प्रविष्ट गर्न आवश्यक पर्दैन। तर उपहार दाबी गर्दा सक्कल बिल अनिवार्य हुने भएकाले सबै बिल सुरक्षित राख्न विभागले आग्रह गरेको छ।

साउन १ गतेदेखि लागू भएको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ। कार्यविधिअनुसार हरेक दिन एक जना उपभोक्ताले कर कट्टीपछि १ लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनाले १० लाख रुपैयाँ बम्पर नगद उपहार प्राप्त गर्ने व्यवस्था छ।

photo_5d32da1f

आइतबार, १७ साउन २०८३, १२ : २८

प्रतिक्रिया