नेपाल बैंक र बितवत इनर्जीबीच ७.५२ मेगावाट जलविद्युत आयोजनाका लागि कर्जा सम्झौता

शुक्रबार, २२ साउन २०८३, १२ : ५२

काठमाडौं-  नेपाल बैंक लिमिटेड र बितवत इनर्जी लिमिटेडबीच दोलखाको तुलसीखोला जलविद्युत आयोजना ९७.५२ मेगावाट निर्माणका लागि कर्जा सम्झौता भएको छ ।

साउन २० गते सम्पन्न सम्झौताअनुसार आयोजनाको कुल लागतको ७० प्रतिशत अर्थात् करिब ९० करोड रुपैयाँ बराबरको कर्जा तथा वित्तीय सुविधा नेपाल बैंकले उपलब्ध गराउनेछ। सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र बितवत इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद निरौलाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेयले बैंकप्रति विश्वास गरेकोमा बितवत इनर्जीलाई धन्यवाद दिँदै आयोजना सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले परियोजनाको वित्तीय व्यवस्थापनमा बैंकले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

बितवत इनर्जीका सञ्चालक गोपाल प्रसाद निरौलाले नेपाल बैंकको सहकार्यप्रति आभार व्यक्त गर्दै आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शुक्रबार, २२ साउन २०८३, १२ : ५२

प्रतिक्रिया