अब घरबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने, ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सार्वजनिक

शुक्रबार, २२ साउन २०८३, १५ : २८

काठमाडौं– बैंकमा खाता खोल्न अब शाखा कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। ग्लोबल आइएमई बैंकले युवा लक्षित ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याउँदै घरबाटै डिजिटल रूपमा खाता खोल्ने सुविधा उपलब्ध गराएको छ।

बैंकका अनुसार राष्ट्रिय परिचयपत्र(नेशनल आईडी) वा राहदानी (पासपोर्ट) भएका सेवाग्राहीले बैंकमा उपस्थित नभई अनलाइनमार्फत खाता खोल्न सक्नेछन्। आवेदन दिएलगत्तै खाता सञ्चालनमा आउने व्यवस्था गरिएको छ।

यस खातासँगै ग्राहकले घरबाटै मोबाइल बैंकिङ सेवा पनि सञ्चालन गर्न सक्नेछन्। पहिलो वर्ष मोबाइल बैंकिङ प्रयोगमा कुनै शुल्क लाग्ने छैन भने खातामा न्यूनतम मौज्दात (Minimum Balance) शून्य राखिएको बैंकले जनाएको छ।

बैंकका अनुसार ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’मा आकर्षक ब्याजदरको सुविधा समेत उपलब्ध हुनेछ। डिजिटल बैंकिङलाई सहज, छिटो र झन्झटमुक्त बनाउने उद्देश्यले यो सेवा विशेषगरी युवा पुस्तालाई लक्षित गरी ल्याइएको बैंकको भनाइ छ।

शुक्रबार, २२ साउन २०८३, १५ : २८

प्रतिक्रिया