काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। हालको आधारदरअनुसार यस योजनामा न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ। आधारदर घटबढ भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ।
त्यस्तै, एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ। तीन वर्षपछि भने कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिनेछ।
ग्लोबल आईएमई बैंकले एक्स्पोमा स्टल राखेर गाडी खरिद गर्न इच्छुक ग्राहकलाई त्यहीँबाट कर्जा आवेदन दिन सकिने व्यवस्था गरेको छ। आवश्यक कागजात पूरा भएपछि बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ।
बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ। बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’को उपाधिसहित विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको उल्लेख गरेको छ।
ग्लोबल आईएमई बैंकका अनुसार बैंकले हाल ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।
बैंकले विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको पनि जनाएको छ।
प्रतिक्रिया