काठमाडौं– रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी कार्यक्रम “लोक दोहोरी च्याम्पियन” को पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा “लोक दोहोरी
च्याम्पियन” को उद्देश्य, निर्माण टोली, निर्णायक मण्डल तथा प्रसारणसम्बन्धी जानकारी सार्वजनिक गरिएको हो ।
नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवद्र्धन गर्दै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले कार्यक्रम निर्माण गरिएको कार्यक्रम प्रमुख अनुपम गौतमले जानकारी दिए । कार्यक्रमको निर्देशन चलचित्र निर्देशक माधव राज खरेलले गर्नेछन भने निर्णायक मण्डलमा बरिष्ठ गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन् । त्यस्तै कार्यक्रमको सञ्चालन कमेडिन तथा कलाकार दिनेश काफ्ले र गायिका इप्सल सञ्ज्यालले गर्नेछन् ।
त्यस्तैगरी कार्यक्रम व्यवस्थापन गायक रामप्रसाद अवस्थीले सम्हाल्नेछन् भने, प्रतियोगी संयोजकमा गायक तथा सर्जक दिपक खड्का, संगीत निर्देशकमा राजु ढकाल, मेन्टर÷ कोचमा शिव हमाल, प्रोडक्सनमा गिरिराज ढकालले हेर्नेछन् । उक्त “लोक दोहोरी च्याम्पियन” छायांकन निर्देशनमा हेमन्त कटुवालले सम्हाल्ने छन भने ब्राण्ड एम्बेस्डरमा गायक तथा सर्जक शिरिश देवकोटा र कार्यक्रम परामर्श दाताको रुपमा सुवास केसीलाई अनुबन्धित गरिएको छ ।
“लोक दोहोरी च्याम्पियन” को स्याटेलाईट पार्टनर इमेज टेलिभिजन एच्डि, डिजिटल तथा युट्युव पार्टनर म्युजिक नेपाल,भोटिङ पार्टनर खल्ति एप आइ एम ई, हस्पिटालिटी पार्टनर प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल रहेको छ भने,फुड पार्टनरमा साप फाल्चा जोडिएको छ ।
आयोजकका अनुसार कार्यक्रमलाई आगामी असोज ३ गतेदेखि दर्शकमाझ ल्याउने तयारी भइरहेको छ । रगोन स्टुडियोको ब्यानरमा निर्माण भइरहेको यस कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रमा रहेका प्रतिभालाई खोजी गर्दै उनीहरूलाई ठूलो मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया