काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयका अनुसार सीईओ पदका लागि कुल ८ वटा आवेदन परेको हो।
अब आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्यांकन गरिने भएको छ। मन्त्रालयका अनुसार विज्ञहरूमार्फत कार्ययोजनाको मूल्यांकन गरिएपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार गरिनेछ।
सर्टलिस्टमा परेका उम्मेदवारहरूले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुका साथै अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। त्यसपछि छनोट प्रक्रिया पूरा गरी नेप्सेका लागि नयाँ नेतृत्व नियुक्त गरिने मन्त्रालयले जनाएको छ।
सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा सूचना प्रविधि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको वा चार्टर्ड एकाउन्टेन्सी ९सीए० गरेको हुनुपर्ने व्यवस्था छ।
त्यस्तै, उम्मेदवारसँग पूँजी बजार वा वित्तीय क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव हुनुपर्नेछ। त्यसमध्ये कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य मापदण्डका रूपमा तोकिएको छ।
प्रतिक्रिया