मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्री र टेस्ला डायग्नोस्टिकमा विशेष छुट

विहीबार, २८ साउन २०८३, १६ : ३०

काठमाडौं- मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटल र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिकसँग विभिन्न सेवामा छुट प्रदान गर्ने व्यावसायिक सम्झौता गरेको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठमा आवास तथा खानामा १५ प्रतिशतसम्म र स्पामा २० प्रतिशतसम्म छुट पाउनेछन्।

त्यस्तै, टेस्ला डायग्नोस्टिकमा प्याथोलोजी परीक्षण, एमआरआई, एक्स–रे, डेन्टल ओपीजी, औषधि तथा अन्य विभिन्न स्वास्थ्य सेवामा ५ देखि १० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ।

छुट सुविधा लिन बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ। साथै, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि छुट सुविधा प्राप्त गर्न सकिनेछ।

बैंकले ग्राहकको आवश्यकता तथा बदलिँदो बजार परिवेशअनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले हालै विशेष अटो लोन योजनासमेत सार्वजनिक गरेको छ, जसअन्तर्गत आधारदरमा थप ०.९९ प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने जनाएको छ।

विहीबार, २८ साउन २०८३, १६ : ३०

प्रतिक्रिया