सस:त्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

शुक्रबार, २९ साउन २०८३, १३ : ५१

काठमाडौं- कीर्तिपुर नगरपालिका–३ सागल कीर्तिपुरस्थित सस : त्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र सस : त्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनबाट सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सस : त्वा हस्पिटालिटी प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउनेछन् । सम्झौताअनुसार, प्रभु बैँकका ग्राहक तथा कर्मचारी तथा वैध परिचयपत्र भएका ग्राहकलाई खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

सस : त्वाको सेवा तथा सुविधा प्राप्त गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्नेछ ।

बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरू, २६५ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको र गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको प्रभु बैंकले जनाएको छ ।

शुक्रबार, २९ साउन २०८३, १३ : ५१

प्रतिक्रिया