काठमाडौं- नेपालमा विद्युतीय दुईपांग्रे सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै Ather Nepal ले नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा ५०० भन्दा बढी स्कुटरको बुकिङ प्राप्त गरेको छ। Vaidya Energy Pvt. Ltd. अन्तर्गत नेपालमा बिक्री हुँदै आएको Ather ले एक्स्पोको छ दिनको अवधिमा उक्त बुकिङ हासिल गरेको हो।
एक्स्पोमा Ather का नयाँ विद्युतीय स्कुटर, प्रविधि, ब्याट्री सुरक्षा, चार्जिङ सुविधा र बिक्रीपछिको सेवाप्रति ग्राहकको उल्लेख्य चासो देखिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारी खरिद गर्दा ग्राहकले केवल स्कुटरको मूल्य र डिजाइनलाई मात्र नभई ब्याट्रीको आयु, चार्जिङ नेटवर्क र बिक्रीपछिको सेवासमेत प्राथमिकतामा राख्न थालेका छन्।
Ather Nepal ले ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई ध्यानमा राख्दै ‘Ather Assurance’ अन्तर्गत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार ‘Eight70 Warranty’ अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ। लागू हुने सर्तअनुसार ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत कायम रहने व्यवस्था रहेको कम्पनीको दाबी छ।
त्यस्तै, नेपालमा १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार भइसकेको कम्पनीले जनाएको छ। यसले ग्राहकलाई स्कुटर खरिदपछि नियमित प्रयोग, मर्मतसम्भार तथा चार्जिङमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
एक्स्पोमा सार्वजनिक गरिएको नयाँ Ather 450 Overtone Series ले पनि आगन्तुकको ध्यान आकर्षित गरेको थियो। नयाँ सिरिजमा Magic Twist, Infinite Cruise र Voice on Ather जस्ता प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ।
Magic Twist मार्फत थ्रोटलको प्रयोगबाट रिजनरेटिभ ब्रेकिङ नियन्त्रण गर्न सकिने, Infinite Cruise ले लामो दूरीको यात्रालाई सहज बनाउन सहयोग गर्ने तथा Voice on Ather ले भ्वाइसमा आधारित अन्तरक्रिया र कनेक्टेड प्रविधिको सुविधा दिने कम्पनीको भनाइ छ।
त्यसैगरी, एक्स्पोमा Ather 450 Series र Rizta परिवारका स्कुटरले पनि ग्राहकको ध्यान खिचेका थिए। कम्पनीले विभिन्न मोडलमार्फत performance, comfort र दैनिक सहरी यात्राका लागि फरक–फरक आवश्यकता पूरा गर्ने विकल्प प्रस्तुत गरेको जनाएको छ।
Ather Nepal का अनुसार नाइमा मोबिलिटी एक्स्पोमा प्राप्त ५०० भन्दा बढी बुकिङ बिक्रीको संख्यामात्र नभई नेपाली ग्राहकमा विद्युतीय मोबिलिटीप्रति बढ्दै गएको विश्वासको संकेत हो। कम्पनीले आगामी दिनमा प्रविधि, ब्याट्रीको विश्वसनीयता, चार्जिङ पूर्वाधार र बिक्रीपछिको सेवामा थप लगानी गर्दै नेपालमा विद्युतीय मोबिलिटीको इकोसिस्टम विस्तार गर्ने जनाएको छ।
प्रतिक्रिया