काठमाडौं- नेपालमा नयाँ विद्युतीय एसयूभी नामी भिगो ई२ सार्वजनिक भएको छ। नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले यसको बिक्री सुरु गरेको हो।
कम्पनीले भिगो ई२ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यो मूल्य नाडा अटो शो अवधिभर मात्र लागू हुनेछ। त्यसपछि मूल्य ३७ लाख ९९ हजार रुपैयाँ पुग्नेछ।
नयाँ भिगो यसअघिको बेस भेरियन्टभन्दा ५ लाख रुपैयाँ सस्तो हो। यसमा ४४.९४ र ५१.८७ किलोवाट आवरका ब्याट्री विकल्प छन्, जसले क्रमशः ३०० र ३५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
एसयूभीमा १२.८ इन्च इन्फोटेनमेन्ट, ३६० डिग्री क्यामेरा, एडास लेभल–२, ६ एयरब्याग, वायरलेस चार्जिङलगायतका फिचर छन्।
प्रतिक्रिया