काठमाडौं- लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा दीर्घबहादुर रावल नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा उनलाई डेपुटी गभर्नर बनाइएको हो।
रावल हाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागको नेतृत्व गरिरहेका छन्। यसअघि उनले सन् २०१९ देखि २०२४ सम्म वित्तीय जानकारी एकाइ (एफआईयू) को नेतृत्व गरेका थिए।
नेपाल बैंकबाट बैंकिङ करियर सुरु गरेका रावलले राष्ट्र बैंकमा आर्थिक अनुसन्धान तथा बैंक तथा वित्तीय संस्था नियमन विभागमा समेत काम गरेका छन्। अर्थशास्त्रमा स्नातकोत्तर र व्यवस्थापनमा एमबीए गरेका उनी समाजशास्त्रमा पनि स्नातकोत्तर हुन्। हाल उनी काठमाडौं विश्वविद्यालयमा पीएचडी अध्ययनरत छन्।
प्रतिक्रिया