काठमाडौं- बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले शुक्रबार ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकले बोलकबोलमार्फत १७५ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो । उक्त निक्षेपको सावाँ तथा ब्याज २०८३ माघ २९ गते भुक्तानी गरिनेछ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया