काभ्रेको कुशादेवी फाँटमा लहलहायो धान, उत्पादन बढ्ने किसानको अपेक्षा (तस्बिरहरू)

आइतबार, ०७ भदौ २०८३, १४ : २८

काभ्रे- काभ्रेको पनौती नगरपालिका–२ कुशादेवीको फाँटमा धानबाली लहलहाएको छ। समयमै वर्षा भएकाले धानबाली राम्रो फस्टाएको किसानहरूले बताएका छन्।

धानमा रोग तथा कीराको प्रकोप पनि कम देखिएकाले यस वर्ष उत्पादन बढ्ने किसानको अपेक्षा छ। खेतमा धानका बाला लाग्न थालेसँगै किसानहरू उत्साहित भएका छन्।

काभ्रेको कुशादेवी क्षेत्र धान उत्पादनका लागि उर्वर भूमिको रुपमा परिचित छ । 

आइतबार, ०७ भदौ २०८३, १४ : २८

प्रतिक्रिया