सुनचाँदी

सामान्य घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, ०९ भदौ २०८३, ११ : १४

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार)  सुनको भाउ तोलामा पाँच सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार सुन प्रतितोला तीन लाख २२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला चार हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

मंगलबार, ०९ भदौ २०८३, ११ : १४

प्रतिक्रिया