काठमाडौं- नेपाली प्रविधि कम्पनी nchat ले प्रयोगकर्तालाई कोडिङ तथा प्राविधिक ज्ञानबिना आफ्नै डिजिटल एप तथा mini app निर्माण गर्न सक्ने AI Builder सुविधा अघि सारेको छ। nchat का अनुसार AI Builder मार्फत व्यवसाय, विद्यार्थी, startup तथा विभिन्न संस्थाले आफ्नो आवश्यकता अनुसार digital solution निर्माण गर्न सक्नेछन्। यसको उद्देश्य सामान्य प्रयोगकर्तालाई पनि आफ्नो idea लाई digital product मा रूपान्तरण गर्न सहज बनाउनु हो।
nchat को platform मा रहेको Builder मार्फत business app, school system, restaurant system, community platform, internal company tools तथा startup MVP जस्ता solution निर्माण गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले यसलाई विशेषगरी नेपालका साना तथा मझौला व्यवसाय (SMEs), विद्यार्थी, entrepreneurs र creators का लागि उपयोगी हुने अपेक्षा गरेको छ। सामान्यतया एउटा app वा website बनाउन developer, technical knowledge र अतिरिक्त लागत आवश्यक पर्ने भए पनि AI तथा no-code technology को प्रयोगबाट उक्त प्रक्रिया सरल बनाउने nChat को लक्ष्य छ।
विद्यार्थीलाई App Builder बनाउने लक्ष्य
nchat ले AI Builder लाई केवल व्यवसायिक प्रयोगमा सीमित नराखी विद्यार्थी तथा युवालाई आफ्नै समुदायमा देखिएका समस्याको digital solution बनाउन प्रयोग गर्ने अवधारणा पनि अघि सारेको छ। यसले विद्यार्थीलाई केवल technology प्रयोगकर्ता नभई “problem solver” र “builder” का रूपमा विकास गर्न सहयोग गर्ने कम्पनीको लक्ष्य छ।
nchat अहिले messaging, voice/video calling, communities, mini apps लगायतका digital services लाई एउटै ecosystem मा जोड्ने उद्देश्यसहित अघि बढिरहेको छ। कम्पनीको official website अनुसार nchat को Builder मा “No code” approach मार्फत app निर्माण गर्ने सुविधा उपलब्ध छ र platform ले app निर्माणलाई करिब १० मिनेटभित्र सुरु गर्न सकिने बताएको छ।
प्रतिक्रिया