काठमाडौं- नेपाली बजारमा आज (बुधबार) सुनको भाउ यसदिन तोलामा एक सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ ।
मंगलबार प्रतितोला चार हजार नौ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया