काठमाडौं- नयाँ Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ। अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिका लागि डिजाइन गरिएका तीन फरक फोल्डेबल अनुभवसहित नयाँ Galaxy Z सिरिज आएको छ। यससँगै थप उत्कृष्ट स्वास्थ्य व्यवस्थापनका लागि नयाँ Galaxy Watch डिभाइसहरू पनि सार्वजनिक गरिएको छ। Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9 अब नेपालभर उपलब्ध छन्। बिक्री अगस्ट २६ देखि सुरु हुनेछ।
नयाँ Galaxy Z सिरिजप्रति ग्राहकहरूको उत्साह प्रि-अर्डरमै देखिएको छ। Galaxy Z Fold8 Ultra मा Violet Shadow सबैभन्दा लोकप्रिय रङ बनेको छ भने Galaxy Z Fold8 मा Lavender र Galaxy Z Flip8 मा Pink सबैभन्दा धेरै रोजिएको रङ बनेको छ।
नयाँ Galaxy Z सिरिज: तीन फरक फोल्डेबल अनुभव
Galaxy Z Fold8 Ultra ले Samsung को प्रिमियम Ultra अनुभवलाई फोल्डेबल डिजाइनमा ल्याएको छ। ठूलो कार्यक्षेत्र, सुधारिएको क्यामेरा प्रणाली र शक्तिशाली प्रदर्शनसहित यो क्रिएटिभ काम तथा मल्टिटास्किङका लागि तयार गरिएको छ। यसको ८ इन्चको मुख्य डिस्प्ले ले प्रयोगकर्तालाई अझ ठूलो स्क्रिन स्पेस प्रदान Galaxy Z Fold8 नयाँ डिजाइनसहित आएको छ, जुन मानिसहरूले कन्टेन्ट हेर्ने, खोज्ने र अनुभव गर्ने तरिकालाई ध्यानमा राखेर बनाइएको हो। यसको डिस्प्ले अनुपात दैनिक प्रयोगका लागि सहज बनाइएको छ। कभर स्क्रिनबाट म्यासेजिङ, ब्राउजिङ र छोटो भिडियो हेर्नदेखि मुख्य 4:3 डिस्प्लेमा गेमिङ, पढाइ र इमर्सिभ भिडियो अनुभव लिन सकिन्छ।
Galaxy Z Flip8 Samsung को सबैभन्दा आकर्षक Flip फोन हो, जसले व्यक्तिगत शैली र छिटो प्रयोगलाई प्राथमिकता दिन्छ। यसमा ५० MP क्यामेरा, ProVisual Engine र FlexCam अनुभव रहेको छ, जसले फोटो र भिडियो खिच्न अझ सहज बनाउँछ।
Galaxy Watch Ultra2 र Galaxy Watch9: हातमै सहज स्वास्थ्य व्यवस्थापन
Galaxy Watch Ultra2 र Galaxy Watch9 ले Galaxy अनुभवलाई अब हातसम्म विस्तार गरेका छन्। यी स्मार्टवाचहरूले दैनिक स्वास्थ्यसम्बन्धी जानकारीलाई अझ उपयोगी र व्यवहारिक सुझावमा परिवर्तन गर्न सहयोग गर्छन्। दुवै डिभाइस Snapdragon Wear Elite Platform द्वारा सञ्चालित छन् र निरन्तर स्वास्थ्य ट्र्याकिङ, उत्कृष्ट प्रदर्शन, आरामदायी प्रयोग र लामो ब्याट्री जीवनका लागि डिजाइन गरिएका छन्।
उपलब्धता
नयाँ Galaxy डिभाइसलाई अझ सहज रूपमा खरिद गर्न Samsung ले २४ महिनासम्मको सजिलो EMI सुविधा उपलब्ध गराएको छ। यसले मासिक किस्ता रकमलाई कम गर्दै ग्राहकहरूलाई Samsung को नयाँ प्रविधि सजिलै अपनाउन सहयोग गर्नेछ। यो प्रक्रिया सरल छ र यसको लागि नागरिकता मात्र आवश्यक पर्नेछ। अगस्ट २६ देखि Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9 नेपालभर उपलब्ध हुनेछन्।

अन्ततः छनोट तपाईंको जीवनशैलीमा निर्भर गर्छ। के तपाईं इमर्सिभ कन्टेन्ट अनुभवका लागि Galaxy Z Fold8 रोज्नुहुन्छ, वा शक्तिशाली प्रोडक्टिभिटी र क्रिएसनका लागि Galaxy Z Fold8 Ultra रोज्नुहुन्छ? निर्णय तपाईंको हो।
प्रतिक्रिया