कुमारी बैंकद्वारा बाढीपीडितका लागि ३ करोड रुपैयाँ सहयोग

विहीबार, ११ भदौ २०८३, १५ : २२

काठमाडौं- कुमारी बैंक लिमिटेडले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि ३ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहित उच्च अधिकारीहरूले सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

सरकारले विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि सञ्चालन गरेको एकद्वार प्रणालीमार्फत बैंकले उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ। बैंकले विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहायता प्रदान गरेको हो।

विहीबार, ११ भदौ २०८३, १५ : २२

प्रतिक्रिया