काठमाडौं– नेपाली महिलाहरूको महत्वपूर्ण पर्व तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीज गीत घर’ सार्वजनिक भएको छ। गीतले तीजको सांस्कृतिक पक्षसँगै नेपाली समाजमा देखिने सामाजिक परिवेश, सम्बन्ध र समसामयिक विषयलाई समेत प्रस्तुत गर्ने प्रयास गरेको छ।
गीतमा उषा केसी पोखरेलको स्वर रहेको छ भने मंगल बि.कको संगीत तथा मंगल बि.क र उषा केसी पोखरेलको शब्द रहेको छ। गीतको मिक्स तथा मास्टर डिका गुरुङले गरेका छन् भने रेकर्डिस्ट तथा एरेन्जमेन्ट दीपक बि।कको रहेको छ। गीतको रेकर्डिङ डिजिटल काठमाडौं स्टुडियोमा गरिएको हो।
गीतको भिडियोमा अञ्जली तामाङ, नेत्र जी पन्त, शकुन्तला देवकोटा पाण्डे, गेबिका पन्त, प्रिया प्रसाद पन्त, तारा बन्जारा र परमिला पाण्डेलगायत कलाकारको अभिनय रहेको छ। भिडियोमार्फत नेपाली समाजको पारिवारिक जीवन, सामाजिक सम्बन्ध र तीजको सांस्कृतिक माहोललाई प्रस्तुत गरिएको छ।
भिडियोको छायांकन, सम्पादन तथा कलर जोन किरातीले गरेका छन्। मेकअप शेखरले गरेका छन् भने लाइटमा एमआरसी तामाङ र प्रेम गुरुङ रहेका छन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन जोन किरातीले गरेका हुन् भने निर्देशन मंगल बि.कको रहेको छ।
परम्परागत तीजको मौलिकता र नेपाली समाजका समसामयिक विषयलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गर्दै ‘समाचार’ ले दर्शक तथा श्रोतामाझ फरक सन्देश दिने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
प्रतिक्रिया