सुनचाँदी

सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, १५ भदौ २०८३, ११ : २०

काठमाडौं- नेपाली बजारमा आज (सोमबार) सुनको भाउ  तोलामा दुई हजार चार सय रूपैयाँले घटेको  छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा कारोबार भएको थियो।  यस्तै, सोमबार चाँदीको मूल्य स्थिर छ।

आइतबार प्रतितोला चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सोमबार, १५ भदौ २०८३, ११ : २०

प्रतिक्रिया