काठमाडौं– चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमै वाणिज्य बैंकहरूको कर्जा प्रवाह घटेको छ। साउन मसान्तसम्म २० वाणिज्य बैंकको कुल कर्जा प्रवाह असार मसान्तको तुलनामा १ अर्ब ७१ करोड रुपैयाँले घटेको हो।
साउन मसान्तसम्म २० वाणिज्य बैंकले कुल ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। असार मसान्तमा यस्तो कर्जा प्रवाह ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ थियो। यसअनुसार एक महिनाको अवधिमा बैंकहरूको कुल कर्जा प्रवाह ०.०३ प्रतिशतले घटेको देखिन्छ।
साउनमा २० वाणिज्य बैंकमध्ये १० बैंकको कर्जा प्रवाह बढेको छ भने १० बैंकको घटेको छ। कर्जा प्रवाह बढाउनेमध्ये नबिल बैंक अगाडि रहेको छ। बैंकको कर्जा प्रवाह असार मसान्तको ४ खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँबाट बढेर साउन मसान्तमा ४ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। अर्थात् एक महिनामा ३ अर्ब १६ करोड रुपैयाँले कर्जा बढेको हो।
ग्लोबल आईएमई बैंकको कर्जा प्रवाह पनि ३ अर्ब ८२ करोड रुपैयाँले बढेको छ। असार मसान्तमा ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा ४ खर्ब ८० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
एनआईएमबीको कर्जा प्रवाह २ अर्ब ३९ करोड रुपैयाँले बढेर ३ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा बैंकको कर्जा ३ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँ थियो।
रकमका आधारमा भने लक्ष्मी सनराइज बैंकले साउनमा सबैभन्दा धेरै कर्जा थपेको छ। बैंकको कर्जा प्रवाह ६ अर्ब १० करोड रुपैयाँले बढेर ३ खर्ब २६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा बैंकको कर्जा ३ खर्ब २० अर्ब ४६ करोड रुपैयाँ थियो। प्रतिशतका आधारमा बैंकको कर्जा प्रवाह १।९० प्रतिशतले बढेको हो।
एभरेस्ट बैंकको कर्जा प्रवाह पनि ५ अर्ब २३ करोड रुपैयाँले बढेको छ। बैंकको कर्जा २ खर्ब ४७ अर्ब ६५ करोड रुपैयाँबाट बढेर २ खर्ब ५२ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह ५१ करोड रुपैयाँले बढेको छ। असार मसान्तको ७० अर्ब ८२ करोड रुपैयाँबाट बढेर साउन मसान्तमा बैंकको कर्जा ७१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यो ०।७२ प्रतिशतको वृद्धि हो।
यता, साउनमा कर्जा प्रवाह घटाउने बैंकमध्ये एनआईसी एसिया बैंकमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। बैंकको कर्जा प्रवाह एक महिनामा ६ अर्ब २८ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ। असार मसान्तमा बैंकको कर्जा २ खर्ब ११ अर्ब १३ करोड रुपैयाँ थियो। बैंकको कर्जा प्रवाह २।९७ प्रतिशतले घटेको हो।
प्रतिक्रिया