काठमाडौं - नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालिमा आधिक तरलता भए पछि आज भदौ १५ गते २० अर्ब निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले ९० दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागेको हो ।
त्यसको लागि सोमबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न पाउने ब्यवस्था गरिएको छ । निक्षेप संकलन उपकरणको बोलकबोल नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र “क”,”ख”र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुने पाउने छन् ।
निक्षेप संकलनको लागि गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजसरलाई पहिलो प्रथामिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने छ । समान ब्यजदर उल्लेख भएको बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।
प्रतिक्रिया