प्राकृतिक विपद् राहत कोषमा वित्तीय संस्थाले गर्‍यो पाँच लाख सहयोग

सोमबार, १५ भदौ २०८३, १६ : ५४

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि एक वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। पाँच लाख सहयोग गरेको छ।

२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा लगायत आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै वित्तीय संस्थाले विपद्को यस कठिन घडीमा सहयोग गरेको जनाएको छ।

संस्थाले बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीका कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारजनले भोग्नुपरेको पीडाप्रति पनि संस्थाले गहिरो सहानुभूति प्रकट गरेको छ।

राहत तथा उद्धार कार्यमा नेपाल सरकार तथा विभिन्न संघ–संस्थाले अघि बढाएका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ५ लाख सहयोग उपलब्ध गराएको हो।

संस्थाले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिएको छ।

सोमबार, १५ भदौ २०८३, १६ : ५४

प्रतिक्रिया