काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना र भौतिक पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकममध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत ५० लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट २० लाख रुपैयाँ रहेको बैंकले जनाएको छ।
सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
भोटेकोशी नदीमा आएको बाढीबाट सयौं नागरिकको ज्यान गएको, कयौं सम्पर्कविहीन भएको तथा धेरै परिवार विस्थापित हुनुपरेको र ठूलो मात्रामा भौतिक क्षति भएकोप्रति बैंकले दुःख व्यक्त गरेको छ।
बैंकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।
बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीका उत्कृष्ट अभ्यासलाई पालना गर्दै ग्राहक सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ। हाल बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ।
प्रतिक्रिया