काठमाडौं- साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७६०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २९७३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७६०० रुपैयाँले बढेर ३०४९०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १४५ रुपैयाँले बढेर प्रतितोला ४७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया