काठमाडौँ- रसुवा बाढीको असरले सडक यातायातमा पुगेको क्षतिको आँकलन सरकारसँग अहिले नै नहोला । तर क्षतिग्रस्त सडक मर्मतको लागि भने धमाधम काम अघि बढेको बताइएके छ । यसै क्रममा राजधानी प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरबाट सडकमा खसेको पहिरो पन्छाउन काम अगाडि बढाइएको छ।
पूर्वाधार विकास मन्त्रालयले आज (बिहीबार) बिहान दिएको जानकारीअनुसार पहिरोका दुवै छेउबाट १८ जना परिचालन गरी रुख काट्ने काम भइरहेको छ।
पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्। रुख काटिसकेपछि ती उपकरण परिचालन गरी पहिरो पन्छाउन थालिनेछ।
सडक खुलाउन प्राथमिकताका साथ काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको भनाइ छ।
प्रतिक्रिया