अपडेट

सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंगलबार, २३ भदौ २०८३, ११ : ३३

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँमा कायम थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा एक सय रुपैयाँले बढेर ४ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार, २३ भदौ २०८३, ११ : ३३

प्रतिक्रिया