राष्ट्रिय शोक दिवसमा रुबिन रामुदामुद्वारा साढे तिन लाखभन्दा बढी सहयोग

बुधबार, २४ भदौ २०८३, ११ : ०६

काठमाडौं- राष्ट्रिय शोक दिवसको अवसर पारेर सुनचाँदी व्यवसायी तथा समाजसेवी रुबिन रामुदामुले भोटेकोशी बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि रु. तिन लाख ७५ हजार ५ सय ५५ सहयोग गरेका छन्।

जय सन्तोषी मा सुनचाँदी शो रूम, नारायणगढका सञ्चालक रामुदामुले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विपद्का कारण प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्रिय शोकको दिन पारेर सहयोग गरिएको उनले बताए।

रामुदामु सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, चितवन चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा युरो मोटर्सका अध्यक्ष हुन्। उनी होटल, अस्पताल तथा हिरा–जवाहरात व्यवसायमा समेत संलग्न युवा उद्यमीका रूपमा सक्रिय छन्।

799487153_2096969351207684_4690029841408702134_n

जय सन्तोषी मा सुनचाँदी पसलका संस्थापक तथा वरिष्ठ व्यवसायी ईश्वरीलाल रामुदामुका कान्छा सुपुत्र रहेका रुबिन, नेपाल दलित संघका अध्यक्ष विपिन रामुदामुका सहोदर भाइसमेत हुन्। लण्डनमा अध्ययन गरेका उनले विगत केही दशकदेखि नेपाली सुनचाँदी व्यवसायको विकाससँगै विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्।

भोटेकोशी बाढीपहिरोबाट प्रभावित परिवारको राहतका लागि राष्ट्रिय शोकको संवेदनशील घडीमा गरिएको सहयोगले विपद्मा परेका नागरिकप्रतिको मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र ऐक्यबद्धताको उदाहरण प्रस्तुत गरेको छ।

बुधबार, २४ भदौ २०८३, ११ : ०६

प्रतिक्रिया