प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग

बुधबार, २४ भदौ २०८३, १३ : ४४

काठमाडौं- भदौ १० गते बुधवार रसुवाकोे भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सिर्जित प्राकृतिक विपत्ति बाट प्रभावितहरुको सहयोगका लागि काठमाडौं, सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख सत्र हजार पाँच सय जम्मा गरेको छ ।

संस्थाको तर्फबाट पाँच लाख तथा बाँकी रकम संस्थाका संचालकको तर्फबाट जम्मा गरिएको संस्थाले जनाएको छ । सहकारीले बाढीमा परि ज्यान गुमाउने सम्पूर्णमा श्रद्धान्जलि तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यमा खटिनुभएका सबैलाई धन्यवाद व्यक्त गरेको छ ।
 

बुधबार, २४ भदौ २०८३, १३ : ४४

प्रतिक्रिया