काठमाडौं- मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका कर्मचारी, परिवारजन तथा डेबिट र क्रेडिट कार्डबाहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा उनका परिवारजनसँगै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन्।
सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकको Central Business Centre का प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गर्नुभएको छ। सम्झौता ७ सेप्टेम्बर २०२६ देखि लागू भई ६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ।
सम्झौताले प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई मारुती सुजुकीका गाडी खरिदमा थप आर्थिक सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। बैंकका कार्ड प्रयोगकर्ताले पाउने विशेष छुटले सवारी साधन खरिदलाई थप सहज बनाउने बैंकले जनाएको छ।
प्रभु बैंकले देशभर रहेका ३०० शाखा कार्यालय, २६२ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।
‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताएको छ। बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई विभिन्न सेवा र सुविधामा सहुलियत उपलब्ध गराउने क्रममा न्यान्सी अटोमोबाइल्ससँगको सम्झौता गरिएको जनाएको छ।
मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिदमा उपलब्ध हुने नगद छुटले प्रभु बैंकसँग आबद्ध ग्राहक तथा कर्मचारीलाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया